Skip
आज : २०८३ कार्तिक ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

आज तोलामा ३ हजार रुपैयाँ घट्यो सुनको मुल्य कतिमा हुँदैछ कारोबार ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २४ गते


Advertisement

२४ भदौ, काठमाडौं । मंगलबार तोलामा ३ हजार ५ सय बढेको सुनको भाउ आज घटेको छ।

सुनको भाउ आज तोलामा ३ हजार रुपैयाँ घटेर ३ लाख २ हजार ४ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो ३ हजार ५ सय रुपैयाँ बढेर सुनको भाउ ३ लाख ५ हजार ४ सय पुगेको थियो।

यसअघि आइतबार तोलामा ३ हजार १ सय रुपैयाँ घटेको सुनको भाउ सोमबार पनि तोलामा १ हजार २ सय रुपैयाँ घटेको थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँ घटेर ४ हजार ७ सय ५० रुपैयाँमा झरेको छ। हिजो १ सय रुपैयाँ बढेर चाँदीको भाउ ४ हजार ७ सय ९० रुपैयाँ पुगेको थियो।

गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो ।


प्रतिकृया दिनुहोस्