Skip

Hamro Sanchar

तोलामा ३१ सय रुपैयाँ घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २१ गते


Advertisement

२१ भदौ, काठमाडौं । गएको शुक्रबार तोलामा २ हजार ५ सय बढेको सुनको भाउ आज घटेको छ।

सुनको भाउ आज तोलामा ३ हजार १ सय रुपैयाँ घटेर ३ हजार १ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार सुनको भाउ तोलामा २ हजार ५ सय बढेर ३ लाख ७ हजार ४ सय कायम भएको थियो।

बिहीबार पनि सुनको भाउ तोलामा ७ हजार रुपैयाँ बढेको थियो।

त्यसअघिका पाँच दिनमा सुनको भाउ तोलामा २४ हजार ८ सय रुपैयाँ घटेको थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँ घटेर ४ हजार ७ सय २५ रुपैयाँमा झरेको छ।

गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो ।


प्रतिकृया दिनुहोस्