Skip
आज : २०८३ आश्विन ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

एनआरएनएले राहत कोषमा जम्मा गर्‍यो १ करोड रुपैयाँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १५ गते


Advertisement

१५ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तर्राष्ट्रिय समन्वय परिषद्ले बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रकम हस्तान्तरण गरेको छ।

एनआरएनए अध्यक्ष डा. हेमराज शर्मासहितको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शिशिर खनाललाई उक्त रकम हस्तान्तरण गरेको हो।

एनआरएनएका पदाधिकारी तथा अभियन्ता र विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी)बाट संकलित रकममध्ये पहिलो चरणमा उक्त रकम कोषमा हस्तान्तरण गरिएको संघले जनाएको छ।

उक्त एक करोड रुपैयाँ रकम एनआरएनएले कोषको खातामा जम्मा गरिसकेको छ। एनआरएनएले विपद्बाट प्रभावित नागरिकलाई राहत तथा मानवीय सहयोगका लागि ५ करोड सहयोग गर्ने घोषणा गरेको थियो ।


प्रतिकृया दिनुहोस्