Skip

Hamro Sanchar

अदालतले भन्यो : पूर्वप्रधानमन्त्री इमरान खानलाई अस्पताल भर्ना गर्नु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २ गते


Advertisement

२ भदौ, पाकिस्तान । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि सिफा अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गर्न आदेश दिएको छ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार अब उनी सेप्टेम्बर १६ मा हुने अर्को सुनुवाइसम्म अस्पतालमै रहनेछन्।

सर्वोच्च अदालतको तीन सदस्यीय बेन्चले इमरान खानको निवेदन सुनुवाइ गरेको हो।

न्यायाधीश शाहिद वाहिदको अध्यक्षतामा गठित बेन्चमा न्यायाधीशद्वय नइम अख्तर अफगान र इस्तियाक इब्राहिम सदस्य थिए।

सर्वोच्च अदालतले आदियाला जेलका अधीक्षकलाई अवहेलनाको ‘नोटिस’ पनि जारी गरेको छ।

अदालतले इमरान खानको स्वास्थ्य अवस्थाबारे पूर्ण मेडिकल रेकर्ड प्रस्तुत गर्न निर्देशन दिएको छ।

अदालतले अधिकारीहरूलाई इमरान खानको परिवारका सदस्यसँग साप्ताहिक भेटघाट सुनिश्चित गर्न पनि आदेश दिएको छ।

साथै अदालतले इमरान खानसँग भएका सबै भेटघाटको विस्तृत विवरण र उनीविरुद्धका सबै विचाराधीन मुद्दाको पूर्ण जानकारी उपलब्ध गराउन निर्देशन दिएको छ।

इमरान खानका सल्लाहकार जुल्फी बुखारीले सर्वोच्च अदालतको निर्णयको स्वागत गरेका छन्।

उनले भनेका छन्, ‘इमरान खानलाई सिफा अन्तर्राष्ट्रिय अस्पताल पठाउने आदेश सही छ। यो निर्णय पहिले नै गरिएको भए उनको आँखाको ज्योति र स्वास्थ्य यति धेरै बिग्रने थिएन ।


प्रतिकृया दिनुहोस्