Skip

Hamro Sanchar

इजरायली आक्रमणमा दक्षिणी लेबनानमा ११ जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, ३१ गते


Advertisement

३१ साउन, काठमाडौं । दक्षिणी लेबनानमा शनिबार गरिएको इजरायली हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ । १९ जना घाइते छन् ।

नाबातियेह जिल्लाको अन्सार गाउँको बाहिरी क्षेत्रमा गरिएको आक्रमणमा सातजनाको मृत्यु भएको छ । आक्रमणमा एउटा घर ध्वस्त भएको थियो ।

देइर अल–जहरानी गाउँमा गरिएको अर्को आक्रमणमा चारजनाको मृत्यु भएको छ । १७ जना घाइते छन् ।

नाबातियेह नजिकैको रणनीतिक अली अल–ताहेर पहाडी क्षेत्रमा पनि हवाई आक्रमण गरिएको ।

इजरायली सेनाले आफ्ना आक्रमण इरान समर्थित हिजबुल्लाहका सैन्य संरचनालक्षित रहेको जनाएको छ ।


प्रतिकृया दिनुहोस्