Skip

Hamro Sanchar

मूलपानीमा आगलागी, कागेश्वरी मनोहराको दमकल १० मिनेटमै घटनास्थलमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, ३० गते


Advertisement

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–७, मूलपानीमा शनिबार दिउँसो जस्ताको टहरामा आगलागी भएको छ। स्थानीय जयन्ती खत्रीको टहरामा आगलागी भएको हो।

आगलागीको सूचना दिउँसो १:५७ बजे प्राप्त भएपछि कागेश्वरी मनोहरा नगरपालिकाको दमकल टोली २:०० बजे घटनास्थलतर्फ प्रस्थान गरेको थियो। दमकल सूचना प्राप्त भएको करिब १३ मिनेटमै, अर्थात् दिउँसो २:१० बजे घटनास्थलमा पुगेको थियो।

दमकल घटनास्थलमा पुगेलगत्तै आगो नियन्त्रणको काम सुरु गरिएको थियो। कागेश्वरी मनोहरा नगरपालिका प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोगमा आगलागीलाई नियन्त्रणमा लिइएको हो।

आगलागी दिउँसो ३:२० बजे पूर्ण रूपमा नियन्त्रणमा आएको थियो। नगरपालिकाको दमकलसहित सुरक्षाकर्मी र स्थानीयवासीको समयमै भएको सक्रियताले आगो थप फैलिन नदिन सहयोग पुगेको थियो।

विद्युतीय सर्ट सर्किटका कारण आगलागी भएको बुझिएको छ। आगलागीबाट भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको छ। आगलागीको कारणसमेत हालसम्म खुल्न सकेको छैन।

सिन्धुपाल्चोकको चौतारा घर भएकी खत्री हाल कागेश्वरी मनोहरा नगरपालिका–७, मूलपानीमा बस्दै आएकी छन्।


प्रतिकृया दिनुहोस्