Skip

Hamro Sanchar

कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा पुगे देउवा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २९ गते


Advertisement

२९ साउन, काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलामा सहभागी भएका छन् ।

विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समितिलाई चुनौती दिँदै देउवा र डा।शेखर कोइराला समूहले आयोजना गरेको भेलामा देउवा पुगेका हुन् ।

देउवा समारोहस्थल पुग्दा समर्थकहरूले चर्को नाराबाजी र तालीका साथ उनको स्वागत गरेका थिए।

भेलामा पदाधिकारी र सदस्यहरूलाई सम्बोधन गर्दा विशेष महाधिवेशनपछिको हैसियतमा नभई १४औँ महाधिवेशनकै पदअनुसार सम्बोधन गरिएको थियो।

प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्माले कार्यक्रम सञ्चालन गर्दै १४औँ महाधिवेशनका निर्वाचित पदाधिकारीहरूलाई सोही अनुरूपको शपथ र सम्मान प्रदान गरेका थिए ।


प्रतिकृया दिनुहोस्