Skip

Hamro Sanchar

विश्वप्रकाश भन्छन् : ७१ प्रतिशत मतसहित गगनलाई सभापति बनाउँछौँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २९ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशनबाट गगन थापालाई ७१ प्रतिशत मतसहित सभापति बनाइने बताएका छन् ।

आज पत्रकार सम्मेलन गर्दै उपसभापति शर्माले असन्तुष्ट पक्षलाई संवादमा आउन र प्रतिकूलता चिरेर महाधिवेशनमा जानुपरेको खण्डमा गगनलाई नै ७१ प्रतिशत मतका साथ सभापति बनाइने बताएका हुन् ।

संस्थापनइतर समूहलाई उनले पत्रकार सम्मेलनबाटै दुई विकल्पमा छलफल गर्न सुझाव दिए । पहिले नै पठाएको सात बुँदे प्रस्तावमा छलफल गर्ने कि निन्दा सम्मेलन भाग(२ गर्ने भन्ने प्रश्न शर्माले गरेका छन् ।

उनले, २०८३ मंसिर उता नेपाली कांग्रेसको महाधिवेशन लिएर जान पाउने संवैधानिक कानुनी बन्दोबस्त नभएका कारण निर्धारित समयभित्रै महाधिवेशन भइछाड्ने बताए । असोजको निर्धारित समयभित्र महाधिवेशन हुने उनले बताएका छन् ।


प्रतिकृया दिनुहोस्