Skip

Hamro Sanchar

६ महिनापछि घर फर्कदै देउवा, बिमानस्थलमा भव्य स्पागतको तयारीमा कार्याकर्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २८ गते


Advertisement

२८ साउन, काठमाडौं । नेपाली कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्कँदै छन्।

उपचारका लागि देउवा गत फागुनमा विदेश उडेका थिए । स्वास्थ्य परीक्षण र उपचारपछि ७ चैत २०८२ मा हङकङ पुगेका देउवा ६ महिना पछि स्वदेश फर्कन लागेका हुन्।

देउवालाई स्वागत गर्न ११ बजे विमानस्थलमा उपस्थित हुन नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरिएको कांग्रेस नेता प्रकाशशरण महतले जानकारी दिएका छन् ।

स्वदेश फर्किएको भोलिपल्टै देउवा आफूनिकट राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी हुनेछन् ।

भेलालाई देउवाले सम्बोधन गर्ने भेला आयोजक समितिका संयोजक डाशशांक कोइरालाले जानकारी दिएका छन्।


प्रतिकृया दिनुहोस्