Skip

Hamro Sanchar

जय नेपाल पार्टी दर्ता गर्न २९ साउनमा आयोग जाँदै दुर्गा र धवल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २७ गते


Advertisement

२७ साउन, काठमाडौं । जय नेपाल पार्टीले साउन २९ गते निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी गरेको छ।

पूर्वसांसद तथा राप्रपा महामन्त्री परित्याग गरेका धवल शम्शेर राणा र केही वर्षदेखि अभियान सञ्चालन गर्दै आएका दुर्गा प्रसाईंलगायत मिलेर यो पार्टी खोलेका हुन्।

जय नेपाल पार्टीमा राणा अध्यक्ष र प्रसाईं सर्वोच्च नेता रहेका छन्।

अध्यक्ष राणाले आज एक अपिल जारी गर्दै साउन २९ गते आयोगमा दल दर्ता गर्न जाने उल्लेख गरेका छन्। उनले साउन २९ गते मध्याह्न सवा १२ बजे निर्वाचन आयोग परिसरमा भेला हुन पार्टीका नेता कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।


प्रतिकृया दिनुहोस्