Skip

Hamro Sanchar

कोलम्बियामा भूकम्प : मृतकको संख्या २५४ पुग्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २७ गते


Advertisement

काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि उद्धार कार्य जारी छ ।

भूकम्प गएको एक दिनपछि उद्धार टोलीहरू जीवित व्यक्तिको खोजी तथा शव निकाल्न भत्किएका भवनका भग्नावशेषमा तीव्र रूपमा खटिएको अलजजिराले जनाएको छ ।

भूकम्पका कारण देशभर कम्तीमा २५४ जनाको मृत्यु भएको सरकारले बताएको छ । मृतकमध्ये अधिकांश पेरेइरा र काली सहरका रहेको बताइएको छ ।

मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्रसंघीय कार्यालयका अनुसार, भूकम्पबाट करिब पाँच हजार घरमा क्षति पुगेको छ भने दर्जनौँ भवन पूर्ण रूपमा भत्किएका छन् । भत्किएका अधिकांश भवन आवासीय रहेको जनाइएको छ ।

स्थानीय सरकारका अनुसार, कोलम्बियाको तेस्रो ठूलो सहर कालीमा मात्रै कम्तीमा ९५ जनाको मृत्यु भएको छ । त्यहाँ ४५ वटा संरचना पूर्ण वा आंशिक रूपमा भत्किएका छन् ।


प्रतिकृया दिनुहोस्