२६ साउन, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र सभामुख डोलप्रसाद (डीपी) अर्यालबीच भेटवार्ता भएको छ ।
आज दिउँसो संसद् बैठक सुरु हुनुअघि सिंहदरबारमा उनीहरूबीच भेट भएको हो ।
त्यसक्रममा समसामयिक विषयमा करिब आधा घण्टा कुराकानी भएको सभामुखको सचिवालयले जनाएको छ ।
संसद् बैठकमा प्रधानमन्त्रीको उपस्थिति माग गर्दै प्रतिपक्षी सांसदले प्रश्न उठाउँदै आएका छन् ।
प्रधानमन्त्रीलाई सभामुखले समसामयिक विषयमा संसद्मा सम्बोधन गर्न आग्रह गरे पनि उनले ‘विचार गर्ने’ बताउँदै आएका छन्।































