२६ साउन, काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर अगस्टको अन्तिम साता नेपाल आउने तयारी गरेका छन् ।
उनी प्रधानमन्त्री वालेन्द्र शाहलाई ब्रिक्स शिखर सम्मेलनको निम्तो दिन नेपाल आउने तयारीमा लागेका हुन् ।
१८औँ ब्रिक्स शिखर सम्मेलन सेप्टेम्बर १२/१३, २०२६ मा भारतको नयाँ दिल्लीमा आयोजना हुने तय भएको छ ।
भारतले यसअघि पनि ब्रिक्स शिखर सम्मेलनमा नेपालका प्रधानमन्त्रीलाई निमन्त्रणा गरेको थियो । भारतको निमन्त्रणामा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड २०७३ असोजमा भारतमा आयोजित ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका थिए ।































