Skip

Hamro Sanchar

हरि ढकालको प्रस्ताव : सिंहदरबारको नाम ‘अनामनगर दरबार’ राखौं

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २४ गते


Advertisement

२४ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले मुलुकको प्रमुख प्रशासनिक केन्द्र ‘सिंहदरबार’को नाम परिवर्तन गर्नुपर्ने बताएका छन्।

ललितपुरमा आज आयोजित एक कार्यक्रममा बोल्दै ढकालले राजनीतिक परिवर्तनपछि देशका विभिन्न स्थान र विमानस्थलहरूको नाम परिवर्तन गरिए पनि सिंहदरबारको नाम यथावत रहेकोमा प्रश्न उठाए।

नेपालमा सिंह नपाइने उल्लेख गर्दै उनले ‘सिंहदरबार’ नामको सान्दर्भिकतामाथि तर्क गरे। सांसद ढकालले नाम मात्र नभई सिंहदरबारको कार्यशैली र हाउभाउमा समेत सुधारको आवश्यकता रहेको औंल्याए।

प्रशासनिक केन्द्रको संरचना र भाषामा विद्यमान परम्परागत शैलीलाई चिर्नुपर्नेमा उनको जोड छ।

ढकालले भने, ‘परिवर्तनपछाडि सबै ठाउँहरूको नाम परिवर्तन भयो, मतलब अब एयरपोर्टहरूका कहाँ कहाँ कहाँ नाम परिवर्तन भए। त्यो सिंहदरबार भन्ने चाहीँ, न हामीसँग सिंह छ, हैनरु हामीसँग सिंह छैन। त्यो सिंहदरबार भन्ने चिजको नाम परिवर्तन भएन। त्यसलाई अनामनगर दरबार राख्दिएको भए हुन्थ्यो होला, त्यो परिवर्तनपछाडि दुनियाँ ठाउँको नाम परिवर्तन गर्दै गर्दा। हामीसँग सिंह नै छैन, त्यसको नाम सिंहदरबार नै छ र त्यसको केही हाउभाउ, भावभङ्गीहरू त्यो भाषा जस्तै छ। त्यो चिर्नुपर्नेछ।’

सांसद ढकालले नाम मात्र नभई सिंहदरबारको कार्यशैली र प्रवृत्तिमा समेत परिवर्तनको आवश्यकता रहेको औंल्याए। उनले प्रशासनिक केन्द्रको ‘मुहान’ मै सुधार हुनुपर्ने र पुरानो सोच तथा भाष्यलाई चिर्नुपर्नेमा जोड दिएका छन्


प्रतिकृया दिनुहोस्