२४ साउन, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का कार्यकर्ताहरूसहित कृष्णप्रसाद भट्टराई आश्रम बाँडेगाउँमा पुगेका छन् ।
उनले पार्टीको सम्पूर्ण एकताको संकल्प गर्न आफू बाँडेगाउँ आएको प्रतिक्रिया दिएका छन् । ‘पार्टीको सम्पूर्ण एकताको संकल्प गर्न आएको किसुनजीको आश्रममा,’ उनले भनेका छन् ।
गत २४ भदौमा जेन–जी आन्दोलनको क्रममा भट्टराई आश्रममा आगजनी भएको थियो । सो घटनाको अवलोकन गर्न पुगेका खड्का त्यसयता दोस्रोपटक बाँडेगाउँ पुगेका हुन् ।
खड्कासँगै कांग्रेस नेताहरू रामहरि खतिवडा, ईश्वरी न्यौपाने, अम्बिका बस्नेत, कृष्णप्रसाद पौडेल, कर्णाली सभापति ललितजंग शाहीलगायत नेताहरू बाँडेगाउँ पुगेका थिए ।































