२३ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सरकारलाई गन्तव्यमा पुर्याएरै छाड्ने दाबी गरेका छन् ।
आज साँझ काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले आफ्नो नेतृत्वमा रहेको सरकारले तय गरेको गन्तव्यमा पुगेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
सरकार सञ्चालनका क्रममा विभिन्न चुनौती र उतारचढाव आउन सक्ने भए पनि त्यसलाई सामना गर्दै अघि बढ्ने बताए ।
उनले सरकारको यात्रालाई उडानसँग तुलना गर्दै कहिलेकाहीँ मौसमका कारण ‘टर्बुलेन्स’ आए पनि गन्तव्यसम्म सुरक्षित रूपमा पुग्ने दाबी गरेका छन् ।
अप्ठ्यारो परिस्थिति आइपरे त्यसलाई व्यवस्थापन गर्न रास्वपासँग आवश्यक नेतृत्व क्षमता रहेको उनको भनाइ थियो । पार्टीमा केही गरौँ भन्ने हुटहुटी बोकेका युवाहरूको ठूलो समूह रहेको उल्लेख गर्दै उनले उनीहरूको सक्रियताले पार्टीलाई थप बलियो बनाउने बताए ।































