Skip

Hamro Sanchar

फुटबल स्टार मेस्सीका बुवाको निधन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २३ गते


Advertisement

२३ साउन, काठमाडौं । अर्जेन्टिना तथा एफसी बार्सिलोनाका फुटबलर लियोनल मेस्सीका बुवा जर्ज मेस्सीको ६८ वर्षको उमेरमा निधन भएको छ।

अर्जेन्टिना र स्पेनका विभिन्न सञ्चारमाध्यमले जनाएअनुसार जर्जको शुक्रबार राति करिब १० बजे अर्जेन्टिनाको आफ्नो गृहशहर रोसारियोमा निधन भएको हो।

जर्ज लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेका थिए। विश्वकपका क्रममा पनि उनको स्वास्थ्य अवस्थाबारे विभिन्न समाचार सार्वजनिक भएका थिए। त्यतिबेला अर्जेन्टिना फाइनलसम्म पुगेको थियो।

जर्ज मेस्सी केवल लियोनल मेस्सीका पिता मात्र थिएनन्, उनी मेस्सीको फुटबल यात्राका महत्वपूर्ण व्यक्ति पनि थिए। मेस्सी सानै उमेरदेखि फुटबलमा अघि बढ्दा जर्जले उनको प्रशिक्षण, करियर र व्यावसायिक यात्रामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

रोसारियोमा हुर्किएका मेस्सीलाई बाल्यकालमै फुटबलतर्फ अघि बढाउन जर्जको ठूलो योगदान थियो।

जर्जको निधनसँगै मेस्सी परिवारले आफ्नो जीवनकै महत्वपूर्ण अभिभावक तथा व्यावसायिक सहयोगी गुमाएको छ।


प्रतिकृया दिनुहोस्