२३ साउन, काठमाडौं । मधेश केन्द्रितलगायत ७ राजनीतिक दलले अग्रगामी मोर्चाको घोषणा गरेका छन्।
शनिबार काठमाडौँको थापागाउँस्थित काठमाडौं ब्यांक्वेटमा आयोजित कार्यक्रममा अग्रगामी मोर्चा घोषणा गरिएको हो।
मोर्चामा जनता समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी नेपाल, जनमत पार्टी, नेपाल संघीय समाजवादी पार्टी, आम जनता पार्टी, प्रजातान्त्रिक लोकतान्त्रिक पार्टी र बहुजन एकता पार्टी नेपाल सहभागी भएका छन्।
यस मोर्चामा नेताहरू महन्थ ठाकुर, उपेन्द्र यादव, डा.सीके राउत, जनार्दन शर्मा, रेशम चौधरी, प्रभु साह, सन्तोष परियार, रिजवान अन्सारीलगायत नेताहरू सहभागी भएका छन् ।






































