Skip

Hamro Sanchar

गृहमन्त्रीले गरे कप्तानगन्ज घटनाबारे प्रधानमन्त्री बालेनलाई  ‘ब्रिफिङ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १९ गते


काठमाडौं । प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुदन गुरुङबीच भेटवार्ता भएको छ ।

भेटमा गृहमन्त्रीले सुनसरीको कप्तानगन्जमा हालै भएको हिंसात्मक घटनाबारे प्रधानमन्त्री शाहलाई ‘ब्रिफिङ’ गरेका छन् । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर गृहमन्त्री गुरुङले ब्रिफिङ गरेका हुन् ।

यही साउन १० गते राति कप्तानगन्जमा भएको घटना, त्यसपछि विभिन्न जिल्लाको स्थिति र सुरक्षा रणनीतिबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको बताइएको छ ।

कप्तानगन्जमा दुई समुदायबीचको विवाद र झडप नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर घटनास्थलमै एकजनाको मृत्यु भएको थियो ।

कप्तानगन्ज घटनामा घाइते भएका अरू दुईजनाको पनि उपचारका क्रममा मृत्यु भएको छ । त्यसपछि सिरहाको गोलबजारमा तनाव हुँदा प्रहरीले चलाएको गोली लागेर अर्का एक व्यक्तिको मृत्यु भएको थियो ।

गृहमन्त्री गुरुङ दुई दिनअघि मात्र घटनास्थलबाट काठमाडौं फर्किएका थिए ।


प्रतिकृया दिनुहोस्