Skip

Hamro Sanchar

इन्डोनेसियामा समुद्रको बिचमा फेरीमा आगलागी हुदा ५ जनाको मृत्यु र ४१ बेपत्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १७ गते


काठमाडौं । इन्डोनेसियामा समुद्रको बिचमा एउटा फेरीमा आगलागी हुँदा त्यसमा सवार ५ जनाको मृत्यु भएको छ ।

४१ जना बेपत्ता भएका सरकारी अधिकारीहरूले बताएका छन्।

राष्ट्रिय खोजी तथा उद्धार एजेन्सी ‘बसरनास’ का अनुसार, फेरीमा कुल २७१ जना सवार थिए । यो जहाज पूर्वी जाभाको सुराबायाबाट दक्षिण सुलावेसीको मकासारतर्फ जाँदै थियो । यात्राका क्रममा मदुरा टापुनजिकै फेरीमा आगलागी भएको थियो । यसलगत्तै कप्तानले घटनाको जानकारी अधिकारीहरूलाई गराएका थिए ।

स्थानीय सञ्चारमाध्यमहरूमा सार्वजनिक भएका भिडियोहरूमा धेरै यात्रुहरू लाइफ ज्याकेट लगाएर लाइफबोटमा बसिरहेको देखिन्छ । त्यसैगरी, अन्य केही भिडियोहरूमा मानिसहरू धुवाँ र आगोको लप्काले घेरिएको फेरीबाट तल ओर्लिरहेको देखिन्छ ।

हाल राहत तथा उद्धार अभियान जारी रहेको बताइएको छ । अधिकारीहरूले बेपत्ता भएका मानिसहरूको खोजी भइरहेको र दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको बताएका छन्


प्रतिकृया दिनुहोस्