Skip

Hamro Sanchar

कांग्रेसका २ पक्ष मिलाउन ‘देश र कांग्रेस जोड्ने अभियान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १७ गते


१७ साउन, काठमाडौं । नेपाली कांग्रेस लगभग फुटको सङ्घारमा पुगेपछि पार्टी जोगाउन युवा सक्रिय भएर लागेका छन् ।

यसैको प्रयास स्वरुप दुई पक्ष मिलाउनका लागि पार्टीभित्र नयाँ अभियान सुरु गरिने भएको छ ।

सभापति गगन थापा र संस्थापनइतरलाई एकजुट बनाउने उद्देश्यले सुरु भएको अभियानको नाम ‘देश र कांग्रेस जोड्ने’ दिइएको छ ।

नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महर, रञ्जित कर्णलगायतको अगुवाईमा अभियान सुरु गर्न लागिएको हो ।

पालिका, प्रदेश र प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व सुनिश्चित हुने साउन २० गते ‘राष्ट्रिय एकता भेला’ आयोजना गर्न लागिएको आइतबार पत्रकार सम्मेलन गरेर अभियानका अगुवाहरुले जानकारी गराएका छन् ।

कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुने र प्रतिगामी शक्तिहरु हाबी बन्ने अभियानका अगुवाहरुको निचोड छ । अभियान कुनै गुट, व्यक्ति र पदको लागि नभएको स्पष्ट पारिएको छ ।


प्रतिकृया दिनुहोस्