Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

ट्रम्पले शान्ति सम्झौता घोषणा गरेको केही घण्टामै गाजामा इजरायलको हमला

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १६ गते


Advertisement

१६ साउन, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले हतियार त्याग्ने र इजरायली सेना फिर्ता गर्ने सम्झौता भएको घोषणा गरेको केही घण्टापछि नै गाजामा इजरायलले हवाई हमला गरेको छ।

समाचार एजेन्सी रोयटर्सले स्वास्थ्यकर्मीहरूलाई उद्धृत गर्दै आक्रमणमा धेरै प्यालेस्टिनीहरू घाइते भएको जनाएको छ।

अल जजिराले गाजा सहरको उत्तरमा रहेको करामा क्षेत्रमा रहेको एक मस्जिदनजिकै आक्रमण भएको जनाएको छ।

इजरायल रक्षा बल ९आईडीएफ० ले बीबीसीलाई घटनाको अनुसन्धान गरिरहेको बताएको छ।

गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गत अक्टोबरमा इजरायल र हमासबिच युद्धविराम लागु भएदेखि इजरायलको हवाई आक्रमणमा कम्तीमा १ हजार १६८ प्यालेस्टिनी मारिएका छन्।

यस अवधिमा चार इजरायली सैनिक पनि मारिएका छन्।


प्रतिकृया दिनुहोस्