
१४ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई सबै पक्षलाई साथमा लिएर संयमतापूर्वक स्थिति साम्य पार्न एवं सद्भाव कायम गर्न सुझाव दिएका छन् ।
आज राति भएको भेटवार्तामा राष्ट्रपति पौडेलले प्रधानमन्त्री बालेनलाई यस्तो सुझाव दिएका हुन् ।
त्यसक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेनसँग मुलुकका विभिन्न भागमा भएको विषम घटना र परिस्थितिका बारेमा जानकारी लिएका हुन् ।
देशका विभिन्न भागमा हिंसात्मक घटना बढ्दै गएपछि राष्ट्रपतिले प्रधानमन्त्रीलाई बिहीबार शीतलनिवास बोलाएर अवस्थाबारे चिन्ता र चासो व्यक्त गरेका राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले जानकारी दिए ।
राष्ट्रपति पौडेललाई प्रधानमन्त्री शाहले शान्ति सुव्यवस्था कायम गर्न गर्न सरकारबाट भइरहेको प्रयासबारे जानकारी गराएका थिए ।
यसअघि आजै प्रधानमन्त्री बालेनले राष्ट्रका नाममा सम्बोधन गर्दै पछिल्ला घटनाक्रमप्रति सरकार गम्भिर र संवेदनशील रहेको बताएका थिए ।





























