Skip

Hamro Sanchar

गोपलामान श्रेष्ठलाई श्रद्धाञ्जली दिन कांग्रेस कार्यालय पुगे रवि लामिछाने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १३ गते


१३ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कांग्रेसका वरिष्ठ नेता गोपलामान श्रेष्ठलाई श्रद्धाञ्जली दिन केन्द्रीय कार्यालय सानेपामा पुगेका छन् ।

प्याङक्रियाज ग्रन्थीको क्यान्सरले निधन भएका श्रेष्ठलाई श्रद्धाञ्जली दिन लामिछाने बुधबार बिहान सानेपा पुगेका हुन् । सानेपामा पुगेर लामिछानेले स्वर्गीय श्रेष्ठपछि श्रद्धाञ्जली अर्पण गरे ।

श्रेष्ठ पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेता हुन् । उनको मंगलबार निधन भएको थियो ।

केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखेपछि आजै श्रेष्ठको पशुपति आर्यघाटमा दाहसंस्कार हुँदै छ ।

 


प्रतिकृया दिनुहोस्