
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले झण्डै ८० प्रतिशत नेता कार्यकर्ताले सदस्यता अद्यावधिक गरेको दाबी गरेका छन् ।
बीपी स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभिन्न समस्याका बाबजुद करिब ८० प्रतिशत सदस्यले सदस्यता अद्यावधिक गरेको बताए ।
यसका लागि सबैलाई उनले आभार प्रकट गरे । नयाँ सदस्यतामा पनि उल्लेखनीय ढंगबाट अघि बढेको उनको भनाइ छ ।
नेपालमा सबैभन्दा बढी सदस्य भएको पार्टी नेपाली कांग्रेस बन्ने उनले दाबी गरे ।






























