Skip

Hamro Sanchar

बन्दै गरेको पानी ट्यांकीभित्र दुईजनाको शव फेला

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, ६ गते


६ असार, काठमाडौं । दाङमा बन्दै गरेको पानीको ट्यांकीभित्र दुईजनाको शव फेला परेको छ ।

तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा दुई पुरुषको शव भेटिएको हो ।

मृतकको पहिचान भएको छैन । जिल्ला प्रहरी कार्यालय दाङको टोली घटनास्थल पुगेको छ ।

उनीहरूको मृत्यु के कारणले भयो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्