
६ असार, काठमाडौं । दाङमा बन्दै गरेको पानीको ट्यांकीभित्र दुईजनाको शव फेला परेको छ ।
तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा दुई पुरुषको शव भेटिएको हो ।
मृतकको पहिचान भएको छैन । जिल्ला प्रहरी कार्यालय दाङको टोली घटनास्थल पुगेको छ ।
उनीहरूको मृत्यु के कारणले भयो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





























