
३२ बुटवल । नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहविरूद्व पक्राउ पुर्जी जारी भएको छ ।
ज्यान मार्ने अभियोगमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । कपिलवस्तु क्षेत्र नं ३ बाट निर्वाचित शाहमाथि कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्षमाथि आक्रमणको आरोप थियो ।
कपिलवस्तुको कृष्णनगरमा कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मा (रितेश शर्मा)माथि भएको सामूहिक आक्रमणमा उनी जोडिएका थिए ।
तर, कारबाही नभएको भन्दै चौतर्फी दबाब बढेको बेला कपिलवस्तु प्रहरीले मुद्दा दर्ता गरेर कानुनी प्रक्रिया अघि बढाएको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी डीएसपी रिपेन्द्रकुमार सिंहले शाहविरूद्व मुद्दा दर्ता भएर कानुनी प्रकृया अघि बढेको बताए ।






























