Skip

Hamro Sanchar

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर, झण्डै २१ करोड बिगो माग

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, ३२ गते


३२ असार, काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष अदालत काठमाडौंमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले बिहीबार उनीविरुद्ध पुरक आरोपपत्र दर्ता गरेको हो ।

मुद्दामा पौडेलसहित १० वटा कम्पनीहरूसहित १६ जनालाई प्रतिवादी बनाइएको छ । पौडेलविरुद्ध २० करोड ९० लाख रुपैयाँ बराबारको बिगो माग गरिएको छ ।

यसअघि नै अदालतमा दर्ता भइसकेको प्रतिवादी दीपक भट्टसमेतको सम्पत्ति शुद्धीकरणको मुद्दामा थप अनुसन्धान गरी अदालतमा विभागले पूरक अभियोग पत्र दर्ता गरेको हो । विभागले पौडेलको बैंक खातामा भएको ६ लाख ३४ हजार रुपैयाँ जफत गर्न समेत मागदाबी गरेको छ ।


प्रतिकृया दिनुहोस्