Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

तोलामा ७ हजार २ सय रुपैयाँले बढ्यो सुनको मुल्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, १९ गते


Advertisement

१९ असार, काठमाडौं । आज सुनचाँदीकै मूल्यमा भारि वृद्धि भएको छ।

सुनको मूल्य आज तोलामा ७ हजार २ सय रुपैयाँ बढेर २ लाख ९० हजार ७ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी चाँदीको भाउ पनि आज १६५ रुपैयाँ बढेर ४ हजार ६१५ रुपैयाँ पुगेको छ।

गएका तीन दिनमा ६ हजार ५ सय घटेको सुनको भाउ हिजो पनि तोलामा ६ हजार २ सय रुपैयाँ बढेको थियो। हिजो सुनको भाउ तोलाको २ लाख ८३ हजार ५ सय थियो।

सुनको मूल्य बुधबार तोलामा ६ सय, मंगलबार ४५ सय र सोमबार १४ सय रुपैयाँ घटेको थियो।

त्यसैगरी हिजो चाँदीको भाउ तोलामा १८० रुपैयाँ बढेर ४ हजार ४ सय ५० रुपैयाँ कायम भएको थियो।

गएको माघ १५ गते पनि सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।


प्रतिकृया दिनुहोस्