
काठमाडौं, असार- १८ बेलायतको विद्यार्थी समीक्षा प्लेटफर्म Student Crowd ले सार्वजनिक गरेको Best UK Universities League Table 2026 मा BPP University पहिलो स्थानमा परेको छ।
उक्त र्याङ्किङ विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले दिएका समीक्षा (Reviews) र रेटिङ (Ratings) का आधारमा तयार गरिएको हो। Student Crowd का अनुसार यस वर्ष BPP University ले ५ मध्ये ४.५४ को समग्र विद्यार्थी रेटिङ प्राप्त गरेको छ।
Student Crowd ले विश्वविद्यालयहरूको शिक्षण गुणस्तर, सिकाइ वातावरण, विद्यार्थी सहयोग सेवा, करियर सहायता तथा समग्र विद्यार्थी अनुभवजस्ता विभिन्न पक्षमा प्राप्त प्रतिक्रियाका आधारमा वार्षिक र्याङ्किङ सार्वजनिक गर्दै आएको छ।
Student Crowd मा प्रकाशित एक अन्तर्राष्ट्रिय विद्यार्थीको समीक्षामा भनिएको छ: “BPP विश्वविद्यालयमा मेरो समग्र अनुभव निकै सकारात्मक रहेको छ। यहाँको क्याम्पसले सहयोगी कर्मचारी र राम्रा शैक्षिक स्रोत-साधनसहितको सिकाइमैत्री वातावरण प्रदान गर्दछ। एक अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा, मैले यहाँको वातावरणलाई स्वागतपूर्ण तथा शैक्षिक र व्यक्तिगत विकास दुवैका लागि उपयुक्त पाएँ।”
उक्त समीक्षाले विश्वविद्यालयले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि सहयोगी वातावरण, शैक्षिक स्रोतसाधन तथा व्यक्तिगत र शैक्षिक विकासका अवसर उपलब्ध गराइरहेको संकेत गर्छ।
विश्वविद्यालयका अनुसार BPP University ले Teaching Excellence Framework (TEF) Gold Award प्राप्त गरेको छ। साथै, यसको बिजनेस स्कुल AACSB Accredited रहेको र विश्वविद्यालय QAA को गुणस्तर मापदण्डअनुसार सञ्चालन हुँदै आएको जनाएको छ। विश्वविद्यालयले Block Teaching Model अवलम्बन गर्दै विद्यार्थीलाई एक समयमा एउटै विषयमा केन्द्रित भएर अध्ययन गर्ने व्यवस्था गरेको पनि जनाएको छ।
विश्वविद्यालयका अनुसार त्यहाँ अध्ययन पूरा गरेका विद्यार्थीहरूले कानुन, लेखा, वित्त तथा व्यवसाय व्यवस्थापनलगायतका क्षेत्रमा अन्तर्राष्ट्रिय कम्पनी र संस्थामा रोजगारीका अवसर प्राप्त गर्दै आएका छन्।
यसैबीच, BPP University को August 2026 Intake का लागि आवेदन खुला भएको छ। नेपालबाट अध्ययन गर्न इच्छुक विद्यार्थीहरूले आवेदन दिन सक्ने जानकारी विश्वविद्यालयका नेपालस्थित आधिकारिक प्रतिनिधि तथा Country Manager शिव के.सी. ले दिएका छन्।
विश्वविद्यालय तथा Student Crowd को र्याङ्किङसम्बन्धी विस्तृत जानकारी सम्बन्धित आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिने जनाइएको छ।






























