
१६ असार, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ४ हजार ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ७७ हजार ९०० रुपैयाँ कायम छ । सोमबार छापावाल सुन प्रतितोला दुई लाख ८२ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य तोलाको चार हजार २८५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला चार हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।



























