Skip

Hamro Sanchar

विष्णु पौडेललाई काठमाडौं ल्याइयो, सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराइयाे

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, ९ गते


९ असार, काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई आज बिहान काठमाडौं ल्याइएको छ । सोमबार ९असार ८० बेलुका सुर्खेतबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

मंगलबार राति नै पौडेललाई सार्वजनिक गाडीमा काठमाडौंतर्फ हिँडाइएको थियो । राति पौडेललाई बाँकेको नेपालगन्जस्थित जिल्ला प्रहरी कार्यालयमा राख्ने तयारी गरिएको थियो । तर, प्रहरीले सुरक्षाका कारण देखाउँदै राति नै गाडीमा उनलाई काठमाडौं ल्याएको हो ।

काठमाडौं ल्याएर पौडेललाई ललितपुरस्थित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको कार्यालयमा लागिएको छ । पौडेललाई कलंकी, बल्खु हुँदै सम्पत्ति विभागको कार्यालयमा लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले जानकारी दिए ।

विभागको पत्राचारपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । आज नै उनलाई अदालतमा पेस गर्ने तयारी छ । थुनामा राखेर अनुसन्धान गर्ने अनुमतिका निम्ति अदालतमा पेस गर्न लागिएको हो ।


प्रतिकृया दिनुहोस्