Skip

Hamro Sanchar

आज सुनको मूल्य १ हजार ४०० रुपैयाँले बढ्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, ८ गते


८ असार, काठमाडौं । आज सुनको मुल्य तोलामा १ हजार ४०० रुपैयाँले बढेको छ ।

अघिल्लो दिन प्रतितोला २ लाख ८७ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १ हजार ४०० रुपैयाँले बढ्दै २ लाख ८८ हजार ७०० रुपैयाँ पुगेको हो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बडेर ४ हजार ७३० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ६९० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिकृया दिनुहोस्