
८ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा संासद ज्ञानेन्द्र शाहीले चितवनमा केही नेताहरूले मेरो भोट, हाम्रो भोटु भन्दै दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन् ।
जनता कसैको दास नभएको र भोट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै भएको दाबी गरेका छन्।
उनले आफ्नो फेसबुक स्टाटसमार्फत फुटबलको गोल र चुनावको भोट कसैको निजी सम्पत्ति नहुने भन्दै जनताको जनमतलाई सम्मान गर्नुपर्नेमा जोड दिएका छन्।
शाहीले आफ्नो स्टाटसमा लेखेका छन्, फुटबलको गोल र चुनावको भोट कसैको हुँदैन। जसले राम्रो खेल्न सक्यो, गोल उसैको हुन्छ। जसले जनताको मन जित्यो, भोट उसैको हुन्छ।
उनले चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको राष्ट्रिय महाधिवेशनमा केही नेताहरूले मेरो भोटु, हाम्रो भोटु भनेको प्रसंग उल्लेख गर्दै जनता कसैको दास नभएको स्पष्ट पारेका छन्।
त्यो भोट रास्वपाकै हो। यो चुनावमा जनताले रास्वपालाई मौका दिएका छन्, त्यसैले हामीले सबैले स्वीकार्नुपर्छ। जनताको जनमतभन्दा ठूलो कुरा केही छैन, शाहीले थपेका छन्।
ज्ञानेन्द्र शाहीको यो टिप्पणी चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको बढ्दो प्रभाव र हालैका चुनावी गतिविधिहरूसँग जोडेर हेरिएको छ।
रास्वपाले छोटो समयमै जनताको मन जित्न सफल भएको र यसलाई जनताले दिएको अवसरका रूपमा शाहीले व्याख्या गरेका छन्।
उनको भनाइले राजनीतिक दलहरूलाई जनताको अभिमतको कदर गर्न र उनीहरूलाई आफ्नो निजी सम्पत्ति ठान्ने प्रवृत्ति त्याग्न सन्देश दिएको छ।
यसअघि पनि ज्ञानेन्द्र शाहीले विभिन्न राजनीतिक तथा सामाजिक मुद्दाहरूमा आफ्नो स्पष्ट धारणा राख्दै आएका छन्।






























