Skip

Hamro Sanchar

लिङ्देनको दाबी : बालेनले राजा ल्याउँछ’ भनेर जनताले रास्वपालाई भोट दिएका हुन्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, ७ गते


७ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले ‘बालेनले राजा ल्याउँछ’ भनेर जनताले रास्वपालाई भोट दिएको दाबी गरेका छन्।

आज चितवनमा सुरु भएको रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले रास्वपाको भोटमा राजा चाहिन्छ भन्नेहरूको पनि मत भएको बताएका हुन्।

उनले संविधान र संवैधानिक व्यवस्थामा पनि समस्या भएको बताए। उनले निषेधको राजनीति होइन, सहमतिको राजनीतिबाट अगाडि बढ्न पनि सुझाव दिएका छन् ।


प्रतिकृया दिनुहोस्