Skip

Hamro Sanchar

रास्वपा सभापतिको उम्मेदवार हुन ५१ हजार संगै ५१ जना समर्थक पनि चाहिने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, ६ गते


६ असार काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपा)को सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्यमा उम्मेदवार हुन लाग्ने शुल्क निधारण गरिएको छ।

रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले शनिबार साँझ सूचना प्रकाशित गरी उम्मेदवारले तिर्नुपर्ने शुल्क र आवश्यक पर्ने समर्थकबारे जानकारी दिएका छन्। रास्वपा सभापतिको उम्मेदवार हुन ५१ हजार रुपैयाँ शुल्त तिर्नुपर्नेछ। यससँगै एक जना प्रस्तावक र ५१ जना नै समर्थक चाहिने भएको छ।

त्यस्तै, पदाधिकारीमा उम्मेदवारी दिन ४१ हजार रुपैयाँ शुल्क तय गरिएको छ। पदाधिकारीको उम्मेदवारी दिँदा एक जना प्रस्तावक र २१ जना समर्थक राख्नुपर्नेछ।

यसैगरी, केन्द्रीय सदस्यका लागि २१ हजार रुपैयाँ शुल्क तोकिएको छ। केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदा पनि एक जना प्रस्तावक र २१ जना समर्थक आवश्यक पर्ने भएको छ।

समर्थक र प्रस्तावको हस्ताक्षर बुझाउनुपर्ने नियम बनाइएको छ। रास्वपा सभापति र केन्द्रीय सदस्यका लागि असार ८ गते उम्मेदवारी दर्ताको कार्यतालिका सार्वजनिक गरिएको छ।


प्रतिकृया दिनुहोस्