Skip

Hamro Sanchar

महाधिवेशनकाे पुर्व सन्ध्यामा बस्दैछ रास्वपा केन्द्रीय समिति बैठक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, ६ गते


६ असार, काठमाडौं । पार्टी सभापति रवि लामिछानेको आह्वानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

बैठक चितवनको भरतपुरस्थित होटल सिमटीमा दिउँसो १ बजे बस्नेछ ।

भोलि (आइतबार) देखि सुरु हुने पार्टीको राष्ट्रिय महाधिवेशनको तयारी स्वरुप केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

बैठकमा राष्ट्रिय महाधिवेशनको अन्तिम तयारी र महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको व्यवस्थापनका विषयमा विस्तृत छलफल हुने पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

बैठकले महाधिवेशनमा प्रस्तुत प्रतिवेदनहरूका साथै पार्टीको विधान संशोधनका सम्बन्धमा समेत आवश्यक निर्णय लिने उनको भनाइ छ ।


प्रतिकृया दिनुहोस्