
५ असार, काठमाडौं । लेबनानको राष्ट्रिय समाचार एजेन्सीले अमेरिका-इरानबिच शान्ति सम्झौतामा हस्ताक्षरपछि पनि इजरायलले देशको दक्षिणी क्षेत्रका धेरैवटा सहरमा आक्रमण गरेको छ । उक्त आक्रमणमा परि १६ जनाकाे मृत्यु भएको बताएको छ।
मिडिया रिपोर्टका अनुसार इजरायली सेनाले शुक्रबार बिहानदेखि नै नाबाटिह सहर र आसपासका क्षेत्रमा निरन्तर आक्रमण गरिरहेको छ।
अमेरिका र इरानबिच बुधबार मात्र भएको सम्झौतामा लेबनानसहित सबै मोर्चामा सैन्य हमला बन्द गरिने उल्लेख थियो।
यसैबिच दक्षिणी लेबनानमा रहेको हेजबुल्लाहको स्थानमा आक्रमण रोक्ने विषयमा अमेरिका र इजरायलबिच मतभेद बढेको छ।
अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले बिहीबार पत्रकार सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्प हाल इजरायलप्रति सहानुभूति र समर्थन देखाउने विश्वका एक मात्र नेता भएको बताएका थिए।
इजरायलको आन्तरिक सुरक्षा मन्त्री इटामार बेन(ग्भिरले भान्सको भनाइमा जवाफ दिँदै भनेका छन्, ‘हामीलाई समर्थन गर्नेहरूलाई फाइदा हुनेछ भने पिठ्यु फर्काउनेहरूलाई नोक्सान हुनेछ। त्यसैले हामीलाई धम्की नदिनुहोस् ।




























