
३ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालको राजीनामा मागेका छन् ।
नेता खनालले संयोजक दाहाललाई असन्तुष्टिको पत्र पठाउँदै संयोजन समितिको बैठक बोलाएर राजीनामा दिन आग्रह गरेका हुन् ।
दाहाललाई बुझाएको ३६ पृष्ठ लामो असन्तुष्टि पत्रमा नेता खनालले नयाँ, योग्य र विचारवान कुनै नेतालाई संयोजक निर्वाचित गर्न कमिटीलाई अधिकार दिन आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘त्यो कमिटीले राष्ट्रिय महाधिवेशन गर्नका निम्ति पार्टी केन्द्रीय कमिटीलाई ुराष्ट्रिय महाअधिवेशन आयोजक कमिटीमा रूपान्तरण गरोस् । तपाईं आफैँले यो प्रस्ताव गर्नुभयो भने यो पार्टी र कम्युनिस्ट आन्दोलनका निम्ति ठूलो योगदान हुनेछ । यो तपाईंको महानता पनि हुनेछ ।’
नेता खनालले नेकपा एकीकृत समाजवादी ९एस०सँग एकता गर्ने प्रक्रियादेखि नै असन्तुष्टि रहेको फेहरिस्त पत्रमा लेखेका छन् ।
पार्टीभित्र रहेको असन्तुष्टि मात्र होइन, जिम्मेवारी तोक्ने सन्दर्भमा पनि गम्भीर कमजोरी भएको व्याख्या गरेका छन् । उनले विभिन्न उदाहरण दिने क्रममा भीम रावलको वरीयता खोसिएको, आफूलाई अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी नदिएकोजस्ता असन्तुष्टिका दर्जनौँ उदाहरण पत्रमा लेखेका छन् ।
पार्टीको वैचारिक लाइन पनि गलत भएको नेता खनालले दाबी गरेका छन् । वैचारिक र सांगठनिक समस्यामा फसेको नेकपाको उत्थानकै लागि भए पनि नेतृत्वबाट राजीनामा दिनुपर्ने नेता खनालको तर्क छ ।
उनले भनेका छन्, ‘सर्वोपरी रूपमा त्यसले पार्टीलाई नयाँ रक्तसञ्चार गर्ने छ, पार्टी पंक्तिमा नयाँ उत्साह र जिज्ञासाको सञ्चार गर्ने छ र पार्टीको पुर्नगठनमा नेपाली कम्युनिस्ट पार्टीले बाजी मार्ने छ । उचित समयमा उचित निर्णय गर्ने कुराले पार्टी र क्रान्तिलाई नयाँ मोड दिन सकिने छ ।’
अहिलेको परिस्थिति दाहालले राजीनामा दिनका लागि योग्य रहेको खनालले दाबी गरेका छन् । नेता खनालले प्रचण्डभन्दा धेरै आलोचना भने माधवकमार नेपालको गरेका छन् । नेता नेपालको दबाबको सामुन्नेमा प्रचण्ड निरीह भएको र संगठन निर्माणदेखि जिम्मेवारी बाँडफाँटमा समस्या भएको खनालको दाबी छ ।
त्यसो त, नेपालको नैतिकता पार्टीका सहसंयोजकमा रहने नभएको दाबी गरेका छन् । उनले पहिला नै नेपाल अनैतिक रहेको भन्दै चर्को आलोचना गरेका छन् । अनि, संयोजक प्रचण्डले पनि अनैतिक मान्छेलाई नेतृत्वमा राखेको भन्दै आलोचना गरेका छन् । भ्रष्टाचारको मुद्दा लागेपछि सांसद पदसमेत निलम्बन भएको व्यक्तिलाई पार्टीको सहसंयोजक बनाउने कुरा गम्भीर कमजोर भएको दाबी नेता खनालले गरेका छन् ।
उनले भनेका छन्, ‘जुन व्यक्तिलाई त्यस्तो मुद्दा लागेबापत सांसद भएर रहने अधिकार हुँदैन, आफ्नै दलको संसदमा दलको नेता बन्ने अधिकार हुँदैन, ती पदबाट निलम्बित हुनुपर्छ, त्यो व्यवस्था पार्टी नेता बन्नु र बनाउनमा चाहिँ लागू हुन्छ कि हुँदैन रु लागू गर्नुपर्छ कि पर्दैन रु यो नैतिक प्रश्न हो कि होइन रु’
खनालले नयाँ स्थापना भएको पार्टीको ुसहसंयोजक” बनाउने कुरा कुनै पनि अर्थमा नैतिकताको कुरा नभएको दाबी गरेका छन् । उनले पत्रमा भनेका छन्, ‘मैँले १९ कात्तिक २०८२ मा पार्टी एकता गर्दा तीनवटा कुराका आधारमा गरेको थिएँ । पहिलो, चार आधारभूत सिद्धान्तमा सहमति भएको, दोस्रो, कम्युनिस्ट आन्दोलनमा एकताको व्यापक माग बढिरहेको अवस्था र तेस्रो तपाईंको र अन्य कमरेडहरूको पनि आग्रह । यिनै तीनवटा कारणले मैले तपाईंसँग एकता गर्न सहमत भएको थिएँ । तर तपाईं बिस्तारै माधवजीको सुनियोजित जाल र दबाबमा यसरी फस्दै जानुभयो कि म त तीन छक्कै पर्दै गएँ ।’
प्रचण्डलाई चलाउने नै माधव नेपाल भएको भन्दै नेकपा किन नचलेको भन्ने व्याख्या खनालले गरेका छन् । एस चलाउन नसकेका नेतालाई प्रचण्डले नबुझी उद्धार गर्नु पनि गलत भएको उनको विश्लेषण छ । त्यही क्रममा खनालले पूर्वमाओवादी नेताहरूले प्रचण्डको साथ छोड्नु पनि गम्भीर रहेको उल्लेख गरेका छन् । त्यसको खास कारण प्रचण्डकै प्रवृत्ति रहेको खनालको विश्लेषण देखिन्छ ।
उनले लेखेका छन्, ‘एक जमानामा क।किरण वैद्य, कमरेड सीपी गजुरेल, कमरेड बाबुराम भट्टराई, कमरेड हरिबोल गजुरेल, कमरेड जनार्दन शर्माजस्ता नेताहरू तपाईंका अत्यन्त निकट सहयोगी नै हुनुहुन्थ्यो । ती सबै नेताहरूलाई तपाईंले के कारणले गुमाएको हो रु मलाई जस्तै व्यवहार गरेर त होइन रु होइन भने मसँग यस्तो दोहोरो व्यवहार किन रु तपाईंले गर्छु भनेका कुरा किन गर्न सक्नुभएन रु र मेरो समूहसँग एकता गर्दा तपाईंलाई त्यत्रो मुस्किल थियो भने किन एकता गरेको रु’
भ्हतचझभ द्यबललभचक्जष्खबm ऋझभलत द्यबललभच
खनालले प्रचण्डले गहिरो सैद्धान्तिक स्पष्टता प्राप्त नगरी माधव नेपालकव बहुदलीय जनवादी समूहलाई नेपाली कम्युनिस्ट पार्टीमा एकता गराएको आरोप लगाएका छन् । उनले एकताकै दिनदेखि नेकपाभित्र बहुदलीय जनवादको दक्षिणपन्थी भड्काउको विषाक्त रोगको विजारोपण भएको आरोप लगाएका छन् । नेपालको प्रवृत्तिलाई व्याख्या गर्दै उनले नेपाली कम्युनिस्ट पार्टीलाई सैद्धान्तिक रूपले अधपतनतिर लान थालिसकेको दाबी गरेका छन् ।
खनालले भनेका छन्, ‘तपाई संयोजक रहेको पार्टीको विधान नै दक्षिणपंथी भड्काउले पुरै रङ्गिबिरङ्गी बनिसकेको छ । तपाईं नेता रहेको पार्टीको शिरबाट नै यसरी दक्षिणपन्थी औसरवादले प्रवेश गरिसकेको छ । तपाईंले त्यो औसरवादलाई जानीजानी नै स्वीकारेको हो भने अब नेकपाबाट सच्चा वैज्ञानिक समाजवादका पक्षधर कमरेडहरू एकपछि अर्को या त आफैँ निस्किँदै जानेछन् वा तपाईं कारबाही गरेर पार्टीबाट निकाल्न बाध्य हुनुहुनेछ ।’






























