Skip

Hamro Sanchar

सरकारसँग सांसद हमालको माग : विश्वकप नि:शुल्क हेर्ने व्यवस्था गरियोस्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, २ गते


२ असार, काठमाडौं । नेकपाका सांसद प्रमेश हमालले फिफा विश्वकप२०२६ निःशुल्क हेर्ने व्यवस्था मिलाउन माग गरेका छन् । आज प्रतिनिधिसभाको बैठकमा उनले विश्वकप देखाउने नाममा मनपरी पैसा असुलिएको बताए ।

विश्वकप हेर्नलाई ९९९ तिर्न परेकोमा उनको विरोध छ । ‘विश्वकप हेर्दा मनपरी रूपमा पैसा असुलिएको छ । अब त मनोपोलीले आम्दानी पनि भइसक्यो होला, नेपाल सरकारले आफ्नो टेलिभिजन च्यानलबाट नागरिकले विश्वकप हेर्न पाउने व्यवस्था गरोस्,’ उनले भने ।

सांसद हमालले गएको १७ जेठमा प्रधानमन्त्री वालेन्द्र शाह बालेनले संसदमा बोलेको भनाइ रेकर्डबाट हटाउन पनि माग गरे।

‘प्रधानमन्त्रीको भनाई हटाइयोस् यतिका दिनसम्म हामीले विरोध गर्दा पनि सभामुखले बेवास्ता गरिरहनु भएको छ । यो विषय गम्भीर छ,’ उनले भने ।

उनले दार्चुलामा सैनिक हेलिकोप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको, सुस्तामा भारतीय सीमा सुरक्षा बल प्रवेश गरेको र चिया उद्योगहरू बन्द भएको विषयमा पनि सरकारको धारणा माग गरे ।


प्रतिकृया दिनुहोस्