Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सांसद खुश्बु ओली किन पुगिन् साइबर ब्युरो ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, १ गते


Advertisement

१ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्बु ओलीले ज्यान मार्ने धम्की तथा सामाजिक सञ्जालमार्फत भएको दुर्व्यवहारविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन्।

सांसद ओलीले आफूले पछिल्ला केही साता यता संसदमा उठाएका जनचासोका विषयहरूको प्रतिक्रियास्वरूप संगठित रूपमा सामाजिक सञ्जालमा आक्रमण, गालीगलौज, चरित्रहत्या तथा घृणायुक्त अभिव्यक्तिको सामना गर्नुपरेको बताएकी छन्।

उनका अनुसार सयौँबाट सुरु भएका यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूको संख्या हजारौंसम्म पुगेको छ। व्यक्तिगत मोबाइल फोन र म्यासेन्जरमा समेत बलात्कार, ज्यान मार्ने धम्की तथा भौतिक आक्रमण गर्ने अभिव्यक्तिहरू आएको भन्दै उनले केही व्यक्तिविरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता गराएकी हुन्।

ओलीले उजुरी दर्तापछि एक जना व्यक्ति पक्राउ परिसकेको र उनी कानुनी प्रक्रियामा रहेको जानकारी पनि दिएकी छन्।

 


प्रतिकृया दिनुहोस्