Skip

Hamro Sanchar

हर्कको गुनासो : देशलाई माया गरेकै कारण १० हजार गाली पाइराखेको छु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, ३० गते


Advertisement

३० जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशलाई माया गरेकै कारण आफूले गाली खानुपरेको गुनासो गरेका छन्।

आज काठमाडौँमा आयोजित एक कार्यक्रममा साम्पाङले देशको हितका लागि आवाज उठाउँदा अपमान र तिरस्कार सहनुपरेको बताए।

आफूले धरानको मेयर हुँदा दैनिक करिब एक हजार गाली पाउने गरेको स्मरण गर्दै हाल त्यो संख्या बढेर दैनिक १० हजार पुगेको उनले सुनाए।

दार्चुलामा पुल बनाउने क्रममा पनि आफूलाई गाली आएको उनले बताए। विवादबीच पनि दार्चुलामा पुलन निर्माण सम्पन्न हुन लागेको र छिट्टै उद्घाटन गर्ने उनले बताए।

साथै प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिका कारण सुस्तामा भारतीय सेना प्रवेश गरेको उनको आरोप थियो।

सीमा सुरक्षाका विषयमा राज्य संवेदनशील हुनुपर्नेमा उनले जोड दिए। विदेशी ऋण लिएर विकास गर्नेभन्दा स्वदेशी स्रोत र श्रममा आधारित अर्थतन्त्र निर्माण गर्नुपर्ने उनले बताए।

 


प्रतिकृया दिनुहोस्