
३० जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालमा पुराना राजनीतिक शक्तिको विकल्पका रूपमा नयाँ वैकल्पिक राजनीतिक धाराको आवश्यकता भएको बताएका छन्।
नयाँ शक्ति स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै भट्टराईले यस्तो बताएका हुन्। उनले नेपालमा लोकतान्त्रिक प्रतिस्पर्धालाई सुदृढ बनाउन कम्तीमा दुईवटा नयाँ राजनीतिक शक्ति आवश्यक रहेको बताए।
एकातिर आफूलाई ‘राइट सेन्टर’ भन्ने राजनीतिक शक्ति रहनुपर्ने र अर्कोतर्फ ‘लेफ्ट अफ सेन्टर’ विचारधारामा आधारित अर्को शक्ति विकास हुनुपर्ने उनको भनाइ छ।
भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीलाई काम गर्न अवसर दिनुपर्ने बताउँदै युवा पुस्ताको प्रश्नलाई गम्भीर रूपमा लिनुपर्ने जिकिर गरे। ‘
उनले पुराना राजनीतिक दलहरूले विकल्प निर्माणका लागि नयाँ शक्तिहरूबीच राष्ट्रियताको मुद्दामा सहकार्य र नीतिगत विषयमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने बताए।
नयाँ शक्ति अभियानको विगत १० वर्षको समीक्षा गर्दै अभियानको उद्देश्य सही भए पनि त्यसलाई जनस्तरसम्म प्रभावकारी रूपमा पुर्याउन चुनौती रहेको बताए।
भट्टराईले नेपालमा वैकल्पिक राजनीतिक शक्तिहरूको विकास भएमात्रै पुराना दलहरूको विकल्प तयार हुने बताए ।






























