Skip

Hamro Sanchar

वर्षमानको आरोप : अर्थमन्त्रीले सांसदहरूलाई धम्क्याउनुभयो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, २९ गते


२९ जेठ, काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले अर्थमन्त्री स्वर्णिम वाग्लेले करको दर हेरफेर गरेर आर्थिक अपराध गरेको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा पुनले अर्थमन्त्रीले संसदको रोष्टमबाट नै करको दर हेरफेर गरेको स्वीकार गरेकाले त्यसमाथि संसदीय छानबिन बन्नुपर्ने बताएका हुन्।

हाम्रो दलका तर्फबाट अर्थमन्त्रीलाई शंकाको लाभ दिएका थियौँ। संसदमा शून्य र विशेष समयमा केही विषय उठिराखेका थिए। हिजो सार्वजनिक लेखा समिति र संसदमा आर्थिक विधेयकमाथिको छलफलको क्रममा जसरी अर्थमन्त्रीले जबाफ दिनुभयो सार्वजनिक जनप्रतिनिधि संस्था संसद र समितिको अवमूल्यन भएको छु, पुनले भने, धम्काउने कोशिस भएको छ। यसमा गम्भीर आपत्ति छ।ु

उनले सांसदले उठाउने कतिपय विषय प्रश्न, जिज्ञासा र स्पष्टीकरणको विषय हुने उल्लेख गर्दे ती सबै आरोप नहुने बताए।

अर्थमन्त्रीले ७ वटा करका दर हेरफेर गरेँ भनेर स्वीकार गर्नुभयो। त्यो आर्थिक अपराध हो,ु पुनले भने, ुहामीले अपराध गर्नुभयो भनेका थिएनौँ। जिज्ञासा राखेका थियौँ। उहाँले धम्की दिदैँ मैले गरेकै हो,के गर्छौ भन्नुभयो। यसमा रुलिङ हुनुपर्छ। छानबिन गरिनुपर्छ।

अर्थमन्त्री वाग्लेले करको दर हेरफेर गरेको विषय प्रतिनिधि सभाको रोस्टमबाट स्वीकार गरेका थिए। उनले पूर्वअर्थमन्त्रीहरूको समयमा समेत बजेटमा विभिन्न बुँदामा सच्याइएको उल्लेख गरेका थिए ।

७३ बुदाँ होस् वा या मेरो पालाको पनि किन नहोस्। छानबिनका लागि म तयार छु, पुनले भने, पुराना कोही सांसद नराखी यसपटक मात्र आएका सदस्यहरु राखेर छानबिन गरौं।

उनले २० लाखमुनिको कुन ब्राण्डको गाडीलाई छुट दिइएको भन्ने सबैलाई थाहा भएको बताए।

२० लाख मुनि कुन गाडी, कुन ब्राण्ड सबैलाई थाहा छ। त्यो पाँइदैँनु, पुनले भने, मन्त्रिपरिषद्ले पास गरेपछि एउटा मन्त्रीले करका दर फेर्न पाउँदै पाउँदैन। यसले संसदको सर्वोच्चता र मानहानी भएको छ।

उनले बजेटमा केही प्राविधिक विषय र असंगत हुन सक्ने भए पनि त्यसका लागि छानबिन गर्नुपर्ने तर्क गरे। साथै भरतमोहन अधिकारी अर्थमन्त्री भएका बेला समितिमा बजेट पढ्नु अघि मिडियामा सार्वजनिक भएको विषयमा छानबिन समिति बनेको उदाहरण दिए।

फाइल खोल्दै छु भन्ने, पुनले अर्थमन्त्री वाग्लेलाई लक्षित गर्दै भने, खुलोस्। मेरो बाट खुलोस्। छानबिन हुन्छ। तर हिजोकाले गरे मैले गर्छु भन्न पाँइदैन।


प्रतिकृया दिनुहोस्