Skip

Hamro Sanchar

ककरोच पार्टीले दिल्लीमा गर्‍यो विरोध प्रदर्शन : शिक्षामन्त्रीको राजीनामा माग

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, २३ गते


२३ जेठ, काठमाडौं । भारतको राजधानी दिल्लीस्थित जन्तरमन्तरमा अहिले ककरोच जनता पार्टी (सीजेपी) ले विरोध प्रदर्शन गरिरहेको छ।

यसका लागि पार्टीका संस्थापक अभिजित दीपक अमेरिकाबाट आजै भारत आइपुगेका थिए।

जारी विरोध प्रदर्शनमा सयौँको सहभागिता रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रदर्शनकारीहरूले भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै नारा लगाइरहेका छन्।

निट-यूजी पेपर लिक र सीबीएसई, सीयूईटी, एसएससी-जीडीजस्ता परीक्षामा भएका अनियमितताविरुद्ध प्रदर्शन गरिएको ककरोच पार्टीले जनाएको छ।

सामाजिक सञ्जालमा व्यंग्यात्मक अभियान सञ्चालन गरेर ककरोच पार्टी उदाएको हो ।


प्रतिकृया दिनुहोस्