Skip

Hamro Sanchar

कुवेतमा इरानी आक्रमण : १ जनाको मृत्यु, ६३ जना घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, २० गते


Advertisement

२० जेठ, एजेन्सि । इरानले गरेको आक्रमणमा कुवेतमा ६३ जना घाइते भएका छन्।

कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार घाइतेमध्ये विमानस्थलका कर्मचारी र यात्रु पनि रहेका छन्। आक्रमणका कारण कुवेत अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनमा समेत क्षति पुगेको छ।

कुवेतको विदेश मन्त्रालयले आक्रमणमा एक जनाको मृत्यु भएको पुष्टि गरेको छ।

घटनापछि केही समयका लागि विमानस्थलको सञ्चालन प्रभावित भएको थियो। सुरक्षा जाँच सम्पन्न भएपछि सीमित रूपमा उडान सेवा पुनः सञ्चालन गरिएको जनाइएको छ।

कुवेतले इरानी आक्रमणका कारण आफ्नो अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो क्षति पुगेको जनाएको छ। आक्रमणपछि सबै व्यावसायिक उडानहरू अस्थायी रूपमा स्थगित गरिएको थियो।

इरान र संयुक्त राज्य अमेरिकाबीच तनाव पुनः बढिरहेका बेला भएको यस आक्रमणले क्षेत्रीय सुरक्षाप्रति थप चिन्ता बढाएको छ।


प्रतिकृया दिनुहोस्