
१८ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठकबाट पारित गरी पेस गरिएका दुई विधेयक आइतबार प्रमाणीकरण गरेका छन्।
राष्ट्रपति पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ विधेयक प्रमाणीकरण गरेका हुन्।
नेपालको संविधानको धारण ११३ को उपधारा (२)बमोजिम विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।




























