Skip

Hamro Sanchar

अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १३ गते


१३ जेठ , काठमाडौं। अमेरिकाले इरानसँग युद्ध अन्त्यका लागि सम्झौताको सुरुवाती मस्यौदा पठाएको छ । यसबारे इरानको सरकारी मिडियाले जानकारी दिएको हो ।

बीबीसी पर्शियनका अनुसार प्रस्तावमा इरान एक महिनाभित्र हर्मुज अफ स्ट्रेटमा व्यवसायिक जहाजको आवागमन युद्ध अन्त्य हुनुअघि नै बहाल गर्नुपर्ने उल्लेख छ । यसको बदलामा अमेरिका इरान नजिक राखिएका आफ्ना सैन्य बल हटाउने र नौसेनाद्वारा जारी नाकाबन्दी पनि हटाउने उल्लेख छ ।

रिपोर्टमा जहाजको मार्ग प्रवन्धनलाई लिएर इरान र ओमानबीच तालमेल स्थापित गरिने पनि बताइएको छ ।

ईरानको सुप्रिम नेशनल सेक्युरिटी काउन्सिलको सचिवालयमा विदेश नीति तथा अन्तर्राष्ट्रिय सुरक्षा मामिलाका उपनिर्देशक अल बघारी कानीले पनि इरान र ओमान मिलेर स्ट्रेट अफ हर्मुज हुँदै जहाजहरु आवतजावत गर्ने नयाँ प्रक्रियाबारे वार्ता गरिरहेको बताएका छन् ।

उनका अनुसार, “युद्ध सुरु हुनुअघिको अवस्थासँग तुलना गर्दा होर्मुज हुँदै गुजरिने सर्तहरू र प्रक्रियाहरू पूर्ण रूपमा फरक हुनेछन्।” कानीले अघि भनेका छन्, “जबसम्म सबै विषयमा सहमति बन्दैन, तबसम्म कुनै पनि विषयमा सहमति भएको मान्दैनौं ।


प्रतिकृया दिनुहोस्