
१३ जेठ, काठमाडौं । इरानले आफ्नो दक्षिणी क्षेत्रमा अमेरिकाले गरेको पछिल्लो आक्रमणलाई युद्धविरामको ‘घोर उल्लंघन’ भनेको छ।
बीबीसी फारसी सेवाका अनुसार इरानले अमेरिकी सेनाले ‘धेरैपटक’ युद्धविराम उल्लंघन गरेको आरोप पनि लगाएको छ।
इरानको विदेश मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘अप्रिल ९ मा युद्धविराम घोषणा भएदेखि अमेरिकी सेनाले होर्मोज्गान क्षेत्रमा धेरै पटक युद्धविराम उल्लंघन गरेको छ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘इरानले कुनै पनि दुष्टतालाई त्यसै छाड्ने छैन।’
यसअघि इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी)ले पनि अमेरिकी सेनाले गरेका कुनै पनि युद्धविराम उल्लंघनको बदला लिने अधिकारलाई वैधानिक र निर्णायक मानिने बताएको थियो।
इरानी सञ्चारमाध्यमले सोमबार बन्दर अब्बास र सहरको विमानस्थल वरपर विस्फोट सुनिएको उल्लेख गरेको थियो।
त्यसो त अमेरिकी सेनाले आफैँले सोमबार दक्षिणी इरानमा नयाँ आक्रमण गरिएको बताएको थियो।




























